२९ जेठ २०८३, शुक्रबार

घरेलु कामदार सम्बन्धी कानून निर्माण गर्न प्रभु साहको माग

जेठ २६, २०८१
काठमाडौं
घरेलु कामदार सम्बन्धी कानून निर्माण गर्न प्रभु साहको माग

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले घरेलु कामदारहरु असुरक्षित एवं शोषित भईरहेको बताएका छन् । असुरक्षित एवं शोषित भईरहेका घरेलु कामदारहरुका लागि सरकारले तुरुन्त घरेलु कामदार सम्बन्धी कानून निर्माण गर्नुपर्ने उनले बताए ।  

आजपा निकटको आम ट्रेड युनियन फेडरेशन नेपालको आज काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले घरेलु कामदारहरुको हकहित एवं अधिकार सहितको कानून निर्माण हुनुपर्ने बताए । 
नेपालमा घरेलु कामदार सम्बन्धी कुनै कानून नभएकाले यहाँ घरेलु कामदारहरु मालिबाट पीडित भएको र काम अनुसारको पारिश्रमिक समेत नपाउँने सत्य कुरा सरकारलाई थाहा नहुनु दुर्भाग्य भएको उनले बताए । घरेलु कामदार सम्बन्धी केही देशमा कानून निर्माण भएकाले त्यहाँ घरेलु कामदारको अधिकार सुरक्षित रहेको र काम अनुसारको पारिश्रमिक समेत पाउँने गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्