०९ असार २०८३, मंगलबार

राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु

जेठ २६, २०८१
दाङ
राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु

राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार दाङ राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुनको मृत्यु भएको हो । 

शीतगङ्गा नगरपालिका–८ को बडिदमार भन्ने स्थानमा आज बेलुका साढे ४ बजेतिर जाल हानेर माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए । उनको शव ५० मिटर तल फेला परेको मृतकका भिनाजु रामबहादुर घर्तीले बताए । पुनको शव परीक्षणका लागि लमही अस्पताल राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्