३१ जेठ २०८३, आइतबार

नयाँ दिल्ली पुगे प्रधानमन्त्री प्रचण्ड

जेठ २७, २०८१
काठमाडौं
नयाँ दिल्ली पुगे प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डसहितको टोलीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका अधिकारीले स्वागत गरेका थिए । 

भारतीय नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहणमा सहभागी हुन उनीसहितको प्रतिनिधिमण्डल आइतबार त्यसतर्फ प्रस्थान गरेको थियो ।

तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टीका नेता मोदीले आज साँझ भारतको प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम छ ।

भारतीय प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र उनीबीच आइतबार नै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्डका साथमा उनकी सुपुत्री गङ्गा दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीलगायत उच्चपदस्थ सरकारी कर्मचारी सहभागी छन् ।

उनीहरू यही जेठ २८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

salt training

कमेन्ट गर्नुहोस्