२१ जेठ २०८३, बिहीबार
भारतमा नयाँ मन्त्रिपरिषद्

तेस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्री मोदीले लिए शपथ

जेठ २७, २०८१
काठमाडौं
तेस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्री मोदीले लिए शपथ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतबार साँझ भारतीय समयअनुसार ७ बजेर २३ मिनेटमा उनले प्रधानमन्त्रीको तेस्रो कार्यकालका लागि शपथ लिएका हुन् ।

भर्खरै सम्पन्न लोकसभा निर्वाचनमा बहुमत ल्याएको भाजपा नेतृत्वको गठबन्धनबाट मोदी प्रधानमन्त्री बनेका हुन् । 

उनलाई राष्ट्रपति द्रौपदी मूर्मूले शपथ ग्रहण गराएकी हुन् ।

लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्नेमा मोदी जवाहरलाल नेहरूपछिका दोस्रो प्रधानमन्त्री हुन् ।

आजै प्रधानमन्त्री मोदीसँगै उनको मन्त्रिपरिषद्का अन्य सदस्यहरूले पनि शपथ लिनेछन् ।

भारतीय सञ्चारमाध्यमहरूले भाजपाबाट निर्मला सीतारमण, अमित शाह, राजनाथ सिंह, एमएल खट्टर र भाजपाका सहयोगी दलबाट एचडी कुमारस्वामी, रामदास आठवले र जयन्त चौधरीलगायतले शपथ ग्रहण गर्ने बताएका छन् । 

सँगै विदेशमन्त्रीका रूपमा एस जयशंकरले आफ्नो कार्यकाल दोहोर्याउने छन् ।

राष्ट्रपति भवनमा आयोजना गरिने शपथग्रहण समारोहमा अहिले स्वदेशी र विदेशी पाहुनाहरूको बाक्लो उपस्थिति देखिएको छ । यससँगै सुरक्षा व्यवस्था कडा बनाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसअघिका २ आम निर्वाचनमा जस्तो भाजपासँग यसपटक बहुमत छैन । एनडीए गठबन्धनका अन्य सहयात्री दलबाट यसअघि भन्दा बढी मन्त्रीहरू बन्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

को–को सहभागी हुँदैछन् ?

मोदीको शपथ ग्रहण समारोहमा छिमेकी राष्ट्र र अन्य राष्ट्रका शीर्ष नेताहरू सामेल भएका छन् ।

समारोहमा श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', साथै मोरिससका प्रधानमन्त्री प्रविन्दकुमार जगन्नाथ उपस्थित छन् ।

salt training

कमेन्ट गर्नुहोस्