काठमाडौं, ३ कात्तिक — लुलु नामक एक कुकुरलाई अमेरिकाको जासूसी संस्था सीआईएले बम निष्क्रिय दस्ताबाट बाहिर निकालेको छ ।
कुकुरलाई हप्तौंदेखि सुँघेर बम पत्ता लगाउने तालिम दिएको थियो । तर उसले तालिम पूरा गर्न सकेन ।
सीआईएले बयान दिँदै लेख्यो, ‘केही हप्ताको तालिमपछि लुलुले बम पत्ता लगाउनका आफ्नो कुनै रुचि नरहेको संकेत दिन थाल्यो ।’
सीआईएले लुलुको फोटो ट्वीट गर्दै उसलाई जागिरबाट निकालिएको बतायो ।
एजेन्सी