०१ असार २०८३, सोमबार

जेठ ३१ देखि मेलम्चीको पानी काठमाडौँमा नआउने

जेठ २८, २०८१
काठमाडौं
जेठ ३१ देखि मेलम्चीको पानी काठमाडौँमा नआउने

काठमाडौँका धारामा जेठ ३१ गतेदेखि मेलम्चीको पानी वितरण नहुने भएको छ । 
 जेठको दोस्रो सातादेखि नै मेलम्ची खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेदेखि आयोजनाको सुरुङमा पानी पथान्तरण
रोकिने भएको हो । 
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले मनसुन सुरु नहुँदै खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेबाट आयोजनाको सुरुङमा पानी पथान्तरण रोकिने निर्णय गरिएको जानकारी दिए । 

उनले आफूहरू खोलाको पानीको ‘क्लोज मोनेटरिङ’ मा रहेको बताउँदै मुहान क्षेत्रमा ठुलो पानी परेर खोलामा लेदो बग्न थाल्यो भने पानी पथान्तरण
तुरुन्त बन्द गरिने पनि जनाए । 

salt training

कमेन्ट गर्नुहोस्