०४ असार २०८३, बिहीबार

सुन-चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

जेठ २८, २०८१
काठमाडौं
सुन-चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुन–चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार एकैदिन प्रतितोला चार हजार रुपैयाँ घटेको सुनको भाउ आज भने स्थिर रहेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।  

त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ।

आइतबार प्रतितोला १८ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्