२६ जेठ २०८३, मंगलबार

सेन्चुरी बैंक सञ्चालक समितिको बदमासी : कमसल धितोमा करोडौंको ऋण प्रवाह

जेठ २८, २०८१
काठमाडौं
सेन्चुरी बैंक सञ्चालक समितिको बदमासी : कमसल धितोमा करोडौंको ऋण प्रवाह

कमसल धितो राखेर करोडौं ऋण प्रवाह गरेको आरोपमा प्रहरीले सेन्चुरी कमर्सियल बैंकका तत्कालीन अध्यक्ष र सञ्चालक समितिका सदस्यसहित ८ जनालाई नियन्त्रणमा लिएको छ ।

बैंकले विभिन्न कम्पनीलाई दिएको ऋण मध्ये ९७ करोड रुपैयाँको ‘ओभर भ्यालुएसन’ गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा बैंकका तत्कालीन अध्यक्ष ललितपुर झम्सिखेल बस्ने राजेश कुमार श्रेष्ठ, सञ्चालक समितिका सदस्यहरू क्रमशः कपन बस्ने सुनिल कुमार न्यौपाने, झम्सिखेल बस्ने    प्राध्यापक डाक्टर गीता प्रधान, बत्तीसपुतली बस्ने रमेश कुमार निरौला, भोजपुर दलगाउँका राजेश कुमार दली, टोखा पासिकोट बस्ने उमाकुमारी श्रेष्ठ र ललितपुर टिकाथली बस्ने शिव गोपाल रिसाल छन् ।

सीआईबीले गत फागुन १५ गते बैंकको कर्जाको विषयलाई लिएर १० जना कर्मचारीलाई पक्राउ गरेको थियो । उनीहरू त्यतिबेलै हाजिरी जमानीमा छुटेका थिए ।​

सीआईबीका अनुसार २०७७ मा बैंकले देउराली सहकारी मार्फत ऋण प्रवाह गरेको थियो । उक्त सहकारीका सञ्चालक रविन्द्र चौलागाईंको कम्पनीलाई कमसल धितोमा बढी ऋण प्रवाह गरेको देखिएको सीआईबीले जनाएको छ ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार चौलागाईंको कम्पनीलाई त्यतिबेलै झण्डै दुई अर्ब ११ करोड रुपैयाँ ऋण दिइएको पाइएको थियो ।

सेन्चुरीले पूजा ट्रेडिङ्स एण्ड मार्केटिङ कम्पनी प्रालि श्रीश्री ब्रदर्स मार्केटिङ प्रालिका नाममा समेत ऋण प्रवाह गरेको प्रहरीले जनाएको छ । ‘प्रारम्भिक अनुसन्धानमा सेन्चुरीका तत्कालीन अध्यक्ष र सञ्चालक समितिको मिलेमतोमा कमसल धितोमा धेरै ऋण प्रवाह गरेको देखिएको छ,’ एसपी बोगटीले लोकान्तरसँग भने, ‘बैंकले त्यतिबेला ऋण प्रवाह गर्दाको सञ्चालक समितिको निर्णयलगायतका कागजात खिचेर अनुसन्धान गरिरहेका छौं ।’​​​

यी हुन पक्राउ परेका व्यक्तिहरू

​​राजेश कुमार श्रेष्ठ –    अध्यक्ष
सुनिल कुमार न्यौपाने – सदस्य
प्राडा गीता प्रधान – सदस्य
रमेशकुमार निरौला    – सदस्य
रणबहादुर श्रेष्ठ – सदस्य
राजेश कुमार दली– सदस्य
उमा कुमारी श्रेष्ठ – सदस्य
शिवगोपाल रिसाल    – सदस्य

salt training

कमेन्ट गर्नुहोस्