
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फिर्ता भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन भारतको नयाँ दिल्ली गएका उनी सोमबार साँझ स्वदेश फर्किएका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री रघुवीर महासेठ, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र रवि लामिछाने, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायतले स्वागत गरेका थिए ।
प्रधानमन्त्रीको स्वागतमा नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी मोदीसँग द्विपक्षीय भेटवार्तासमेत गरेका थिए।
त्यस्तै उनले राष्ट्रपति द्रौपदी मुर्मु, नवनियुक्त मन्त्री एस जयशंकर, भारतीय व्यवसायीसँग पनि भेटवार्ता गरेका थिए।
प्रधानमन्त्रीसँगै उनकी सुपुत्री गङ्गा दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारीहरू भारत गएका थिए ।