०४ असार २०८३, बिहीबार

शास्त्रीय एवं परम्परागत नृत्यको संरक्षणका लागि मौलिक प्रस्तुति

जेठ २८, २०८१
काठमाडौं
शास्त्रीय एवं परम्परागत नृत्यको संरक्षणका लागि मौलिक प्रस्तुति

नेपाल सङ्गीत तथा नाटय प्रज्ञा–प्रतिष्ठानले शास्त्रीय एवं परम्परागत नृत्य संरक्षणका लागि मौलिक प्रस्तुति शुरू गरेको छ ।
 
आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिष्ठानले चर्या, कत्थक, महाभारतको चीरहरण, बङ्गलामुखी स्तुतिलगायत नृत्य प्रस्तुत गर्‍यो ।

सनम र सङ्गीता खड्गीले चर्या, नम्रता केसीले कत्थक, सौजन रघुवंशी र प्रमिला श्रेष्ठले महाभारतको चीरहरण एवं बङ्गलामुखी स्तुतिलगायत नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले परम्परागत चित्र र मूर्ति जस्तै नृत्य पनि आनन्ददायक हुने भएकाले यसको संरक्षण गरिनुपर्ने बताएका थिए ।

सङ्गीत र ललितकला प्रतिष्ठान मिलेर संयुक्तरुपमा यस्ता कार्यक्रम गर्न सकिने उनको भनाइ थियो ।

सङ्गीत प्रतिष्ठानका उपकुलपति शम्भु राईले ओझेलमा परेका संस्कृतिलाई जनसमक्ष ल्याउन कार्यक्रम गरिएको बताए ।

उनले नेपाली मौलिक संस्कृति लोप हुन थालेकामा सरोकार भएका निकायले संरक्षणमा ध्यान दिनुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्