२४ जेठ २०८३, आइतबार

कोशीमा पहिचानवादीसँग वार्ता गर्न तेस्रोपटक बन्यो समिति

जेठ २८, २०८१
विराटनगर
कोशीमा पहिचानवादीसँग वार्ता गर्न तेस्रोपटक बन्यो समिति

कोशी प्रदेश सरकारले पहिचान पक्षधरसँग वार्ता गर्न समिति गठन गरेको छ ।

प्रदेशको नामकरणपछि असन्तुष्ट बनेका पहिचान पक्षधरहरूसँग वार्ता गर्न भन्दै तेस्रोपटक वार्ता समिति गठन गरिएको छ ।

यस अगाडि दुई वटा समिति बनिसकेका छन् ।​​​

हिक्मतकुमार कार्की नेतृत्वको सरकारले यस अगाडि तत्कालीन मन्त्री तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा समिति बनाएको थियो ।

यो समितिले पहिलो चरणको वार्ता गरेपछि सरकार परिवर्तन भएको थियो ।

त्यसपछि केदार कार्की नेतृत्वको सरकारले मन्त्री कमलप्रसाद जबेगूको नेतृत्वमा अर्को समिति बनाएको थियो । उक्त समितिले तीन चरणको वार्ता गरेको थियो ।

अहिले फेरि हिक्मत कार्की नेतृत्वकै सरकारले आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।

सोमबार बसेको  मन्त्रिपरिषदको बैठकले पहिचानवादीहरूसँग वार्ता गर्न समिति बनाएको हो ।

समितिको सदस्यमा भौतिक पूर्वाधार विकास मन्त्री  गणेशप्रसाद उप्रेती, आन्तरिक मामिला तथा योजना मन्त्री लिलाबल्लभ अधिकारी र सदस्य सचिवमा आन्तरिक मामिला तथा योजना मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहेका छन् । 

यस्तै सरकारले कोशी प्रदेश योजना आयोगको सदस्यहरूमा चार जनालाई नियुक्त गरेको छ ।

जसमा काठमाडौंका डाक्टर सीताराम बस्नेत, सोलुखुम्बुका किशोरकुमार राई, धरानका भवानी बराल र विराटनगरकी नमिता न्यौपाने छन् ।

यसअघि नै प्रदेश सरकारले योजना आयोगको उपाध्यक्षमा डाक्टर राजेन्द्र अधिकारीलाई नियुक्त गरिसकेको छ ।​

उनीहरू एमाले र माओवादीका कार्यकर्ता हुन् ।

salt training

कमेन्ट गर्नुहोस्