२९ जेठ २०८३, शुक्रबार

महोत्तरीमा गोली चल्यो, एक युवक घाइते

जेठ २८, २०८१
काठमाडौं
महोत्तरीमा गोली चल्यो, एक युवक घाइते

 महोत्तरीमा एक युवकमाथि गोली प्रहार भएको छ । सोमबार साँझ मोटरसाइकलमा आएको अज्ञात समूहले  युवकमाथि गोली प्रहार गरेको हो । 
गोली प्रहारबाट गौशाला ११ निवासी विनय महतो घाइते भएको महोत्तरी प्रहरी प्रवक्ता सन्तु जैसवालले जानकारी दिए । 

 महतोको कम्मरमुनि एक राउण्ड गोली प्रहार भएको र उनलाई उपचारका लागि जनकपुर पठाइएको प्रहरीले जनाएको छ । 

सुनको सिक्री लुट्नका लागि गोली प्रहार भएको बताइएको छ।  गोली प्रहार गर्ने समूहले सिक्री समेत लुटेर लगेको बताइएको छ । 
प्रहरीले यस घटनाबारे अनुसन्धान सुरु गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्