०३ साउन २०८३, आइतबार

कोशी प्रदेशः प्रदेश योजना आयोगमा चार सदस्य नियुक्त

जेठ २८, २०८१
विराटनगर
कोशी प्रदेशः प्रदेश योजना आयोगमा चार सदस्य नियुक्त

कोशी प्रदेश योजना आयोगमा चार जनालाई सदस्यमा नियुक्त गरेको छ ।
    
आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ महानगरपालिका–९ का डा सीताराम बस्नेत, सोलुखुम्बुको मुक्ली गाउँपालिका–६ का किशोरकुमार राई, सुनसरीको धरान उपमहानगरपालिका– १२ का भवानीप्रसाद बराल र मोरङ केराबारी गाउँपालिका–२ की नमिता न्यौपानेलाई प्रदेश योजना आयोगको सदस्यमा नियुक्त निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता लीलाबल्लभ अधिकारीले जानकारी दिए । 
    
बैठकले प्रदेश सरकारलाई आर्थिक भार नपर्ने गरी कोशी प्रदेशसभाका सदस्यहरु राजन किराँती र सम्झना तामाङको क्यानडाको वैदेशिक भ्रमणलाई स्वीकृत गर्ने र कूटनीतिक राहदानीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । 

यस्तै राजनीतिक आर्थिक र सामाजिक पहिचानका सम्बन्धमा देखापरेका समस्यालाई समाधान गर्नका लागि वार्ताद्वारा शान्तिपूर्ण ढङ्गले समाधान गर्नका लागि ‘राजनीतिक तथा शान्ति वार्ता समिति’ गठन गर्ने निर्णय गरिएको पनि अधिकारीले जानकारी दिए । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा गठित समितिको सदस्यमा भौतिक पूर्वाधार विकासमन्त्री गणेश उप्रेती र आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहने निर्णय गरिएको सरकारका प्रवक्ता अधिकारीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्