०६ साउन २०८३, बुधबार

पाकिस्तानी प्रधानमन्त्री सरिफद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई बधाई

जेठ २८, २०८१
काठमाडौं
पाकिस्तानी प्रधानमन्त्री सरिफद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई बधाई

पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले लगातार तेस्रो कार्यकालका लागि शपथ लिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिँदै नयाँ कार्यकालको सफलताको लागि शुभकामना दिएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री सरिफले सामाजिक सञ्जाल एक्समार्फत् विजयको लागि बधाई तथा नयाँ कार्यकालको सफलताको लागि शुभकामना दिएका हुन् । 

नरेन्द्र मोदी र उनको मन्त्रीमण्डलका  सदस्यले आइतबार नै शपथ लिएका थिए । 

राष्ट्रपति भवनमा भएको शपथ ग्रहण समारोहमा भारतको छिमेकी र हिन्द महासागर क्षेत्रका नेताहरू उपस्थित भएका थिए । 

भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानको प्रधानमन्त्रीको रूपमा फेब्रुअरीमा दोस्रो पटक शपथ लिएपछि शाहबाज सरिफलाई बधाई दिएका थिए भने शाहबाजले बधाईका लागि प्रधानमन्त्री मोदीलाई  धन्यवाद दिएका थिए ।  
शाहबाज सरिफ पाकिस्तानको २४ औँ प्रधानमन्त्री हुन् । 

salt training

कमेन्ट गर्नुहोस्