१० साउन २०८३, आइतबार

नेपालले आज यमनको सामना गर्दै, कीर्तिमानी १००औं खेल खेल्दै कप्तान किरण

जेठ २९, २०८१
काठमाडौं
नेपालले आज यमनको सामना गर्दै, कीर्तिमानी १००औं खेल खेल्दै कप्तान किरण

फिफा विश्वकप फुटबल–२०२६ को छनोट खेलमा नेपालले आज यमनको सामना गर्दैछ । नेपाल र यमनबीचको खेल साउदी अरबमा नेपाली समयानुसार, राति पौने १२ बजे शुरू हुनेछ । 

आजको खेल नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बु (चेम्जोङ)को ऐतिहासिक सयौं खेल हुनेछ । 

डेढ दशकभन्दा लामो अन्तर्राष्ट्रिय फुटबल करियरमा किरणले हाल नेपालका लागि सर्वाधिक ९९ क्याप जितेका छन् । आजको खेल खेलेमा उनी नेपालका लागि १०० खेल खेल्ने पहिलो फुटबलर बन्नेछन् ।

उनी अहिले नेपालको कप्तान र गोलकिपर दुवै भूमिका छन् । 

एसियाली क्षेत्रको दोस्रो चरणको विश्वकप छनोटमा नेपाल समूह ‘एच’ मा रहेको छ । समूहमा रहेका चारवटै राष्ट्रले पाँच–पाँच खेल खेलिसकेका छन् । पाँचवटै खेलमा विजयी भएको यूएई १५ अंकसहित तालिकाको पहिलो स्थानमा छ । १० अंकसहित बहराइन दोस्रो स्थानमा रहेको छ । 

यूएई र बहराइन विश्वकप छनोटको तेस्रो चरणमा पुगिसकेका छन् । चार अंकसहित यमन तालिकाको तेस्रो स्थानमा छ ।

नेपालले भने पाँचवटै गुमाएको थियो । हालसम्म खेलिएको पाँच खेलमा नेपाली टोलीले एक गोल पनि गर्न सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्