३० जेठ २०८३, शनिबार

नेपालमा मान्छे नरहने भए, मेनपावर कम्पनी खारेज गरौं– सांसद सिंह

जेठ २९, २०८१
काठमाडौं
नेपालमा मान्छे नरहने भए, मेनपावर कम्पनी खारेज गरौं– सांसद सिंह

नेपाल मान्छे बेच्ने देशको रूपमा बदनाम हुन लागेको भन्दै वैदेशिक रोजगार कम्पनी (मेनपावर) खारेज गर्न एक सांसदले प्रस्ताव गरेका छन् । 

मंगलवार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक २०८१/०८२ अन्तर्गत श्रम तथा रोजगार मन्त्रालयको विनियोजित रकममा खर्च कटौती प्रस्ताव राख्दै स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले मेनपावर कम्पनी खारेज गर्नुपर्ने बताएका हुन् ।

‘रेमिट्यान्सबाट कुनै पनि मुलुक समृद्ध बनेको छैन । हामी मान्छे बेच्नेको देशको रूपमा विस्तार गरिरहेका छौं । मेनपावर कम्पनी खारेज गरौं, स्टडी गरौं नेपालबाहेक अन्त मेनपावर कम्पनी छैन । यहाँ त सरकारले भन्छ कि १०० जना बेच्नै पर्छ । अन्यथा उसको लाइसेन्स नवीकरण हुँदैन’ सांसद सिंहले भने । 

राजनीतिक दल पिच्छेका मेनपावर कम्पनी खडा गरिएको र उनीहरूले नै विकृति निम्त्याएको उनले बताए । 

दलको संरक्षणमा रहेका कम्पनीले इनडोर काम भनेर लैजाने र बाहिर काम गर्न लगाएर नेपाली युवालाई ठगिरहेको उनले बताए । ‘मेनपावर कम्पनी श्रम मन्त्रालयको कमाइ खाने भाँडो भएको छ ।

मेनपावर रहेसम्म नेपालमा मान्छे रहन दिँदैन, बिरामी अवस्थामा मात्र नेपालमा युवा रहने भए’ सांसद सिंहले भने ।

salt training

कमेन्ट गर्नुहोस्