
१३ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका १७५ वटा सटरमा काठमाडौं महानगरपालिकाले ताला लगाएको छ ।
महानगरको शिक्षा विभागले सोमबार ७ वटा विद्यालयका सटरमा ताला लगाएको हो भने ६ वटाले आफैं बन्द गराएका थिए ।
ताला लगाइएका विद्यालयहरूमा जुद्धोदय माध्यमिक विद्यालय (जेपी स्कूल) ठमेलका ४६ वटा सटर छन् । ती सटरहरूमा रेष्टुरेण्टसहितका व्यापारिक क्रियाकलाप भइरहेको पाइएको थियो ।
यस्तै, महानगरले रत्नराज्य माध्यमिक विद्यालय, बानेश्वरका ११ वटा, कन्या मन्दिर माध्यमिक विद्यालय, न्होखाका ३६ वटा, मंगलादेवी माध्यमिक विद्यालय, गुह्येश्वरी १२ वटा, जनकल्याण माध्यमिक विद्यालय, बौद्धका १४ वटा, पशुपति मित्र माध्यमिक विद्यालय, चावहिलका ३६ वटा र महेन्द्र माध्यमिक विद्यालय बौद्धका २० वटा सटरमा ताला लगाइएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिए ।