२० असार २०८३, शनिबार

स्वास्थ्यमन्त्री यादवले गरे वीरगन्जमा ढलान सडक उद्‌घाटन

जेठ २९, २०८१
विरगञ्ज
स्वास्थ्यमन्त्री यादवले गरे वीरगन्जमा ढलान सडक उद्‌घाटन

​स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले वीरगन्ज महानगरमा ढलान सडक तथा नालाको उद्‌घाटन गरेका छन् ।

उनले आज वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाँमा निर्मित ढलान सडक तथा नाला उद्‌घाटन गरेका हुन् ।​

त्यस अवसरमा उनले सडक र नाला निर्माणसँगै स्थानीयले वर्षौदेखि भोग्दै आएको सास्तीबाट मुक्ति पाउने बताए ।

‘यहाँ सडक र नाली नबन्दा निकै समस्या भइरहेको थियो’ । स्थानीयबासीको मागबमोजिम सडक र नाला निर्माण भएपछि  पक्कै पनि हालसम्म भोग्दै आएको समस्या समाधान हुनेछ,' उनले भने ।

मन्त्री यादवले सडक र नाला निर्माणले वडासँगै समग्र वीरगन्ज महानगरको पनि समृद्धि हासिल गर्न सहज हुने धारणा व्यक्त गए ।

salt training

कमेन्ट गर्नुहोस्