२० असार २०८३, शनिबार

‘पटकेचोर’को अनुसन्धानः एउटै अभियुक्त २० वटा घटनामा संलग्न

जेठ २९, २०८१
काठमाडौं
‘पटकेचोर’को अनुसन्धानः एउटै अभियुक्त २० वटा घटनामा संलग्न

ललितपुर प्रहरीले एउटा चोरी घटनाको अनुसन्धान गर्दा एउटै अभियुक्त २० वटा घटनामा संलग्न रहेको भेटिएको छ । 

ललितपुर महानगरपालिका–१८ स्थित ऐतिहासिक ढुङ्गेधारा मार्गमा रहेको सिर्जना वैद्यको घरमा भएको चोरी घटनाको अनुसन्धान गर्दा यस्तो तथ्य फेला परेको हो ।

गत जेठ २ गते अपरान्ह कोही नभएको समयमा घरभित्र प्रवेश गरेर चोरको समूहले सुन–चाँदीका गर–गहना तथा नगदसहित धनमाल चोरी गरेको थियो । चाेरीपछि ‘पटकेचोर’हरू फरार भएका थिए । 

null

पीडित वैद्यका परिवारले प्रहरीमा उजुरी दिएपछि अनुसन्धान गर्दा चोरीमा संलग्न पाँच जनाको संलग्नता खुलेको थियो । जसमा भोजपुर पौवादुम्बा घर भएर काठमाडौं महानगरपालिका–२४ किलागल बस्ने सीताराम लकान्द्रे, रामेछाप उमाकुण्ड गाउँपालिका–४ घर भइ हाल काठमाडौं स्वयम्भू बस्ने सुजनकुमार सुनुवार, नुवाकोट सामारी गाउँपालिका–७ घर भइ काठमाडौंको बालाजुस्थित शेषमती बस्ने कुमार रानामगर, दोलखा सैलुङ् गाउँपालिका–८ घर भइ काठमाडौंको थली बसने वीबहादुर श्रेष्ठ र सोही ठाउँ घर भएर काठमाडौं असन बस्ने सुनिल श्रेष्ठ (हाल कारागार) छन् । सुनिल कारागारमा भएपनि अन्यलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जानकारी जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले दिए ।

null 

उनका अनुसार पक्राउ परेकामध्ये वीरबहादुर यसअघि पनि १२ वटा चोरी, तीनवटा डाँका चोरी, एउटा लागुऔषध र चारवटा अभद्र व्यवहार गरी २० वटा घटनामा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ । त्यस्तै कुमार ६ वटा चोरीमा, सुजन सातवटा चोरी र एउटा लागुऔषध गरी आठवटा र कारागारमा रहेका सुनिल आठवटा चोरी, दुईवटा डाँकाचोरी, एउटा लागुऔषध र तीनवटा अभद्र गरी १४ वटा घटनामा संलग्न रहेको जानकारी एसपी सुवेदीले दिए । 

‘यो समूहले संगठित रुपमा चोरी तथा डाकाचोरी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ, हामीले विस्तृत अनुसन्धान गर्दैछौं ।’ प्रहरीले यो समूहबाट सुनकोजस्तो पहेँलो रङको धातुको ०.७५ मिली ग्रामको मुद्रा, अमेरिकन एक डलरको नोट एक थान, कम्बोडियन डलर एक हजारको नोट एक थान र आकार पतिवर्तन गरिएको सुनजस्तो देखिने पहेँलो  धातुको ढिका ६ तोला ७० लाल बरामद गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्