×

मन्त्रीलाई आग्रह-शय्याअनुसार कर्मचारी दरबन्दी वृद्धि होस्

पर्सा | जेठ २९, २०८१

 वीरगञ्जको नारायणी अस्पताल प्रशासनले अस्पतालमा शय्याअनुसार कर्मचारी दरबन्दी वृद्धि गर्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवसँग अनुरोध गरेको छ । 

आज अस्पताल अनुगमन तथा निरीक्षणका लागि आएका मन्त्री यादवलाई नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा एनामुल हकले श्यया सङ्ख्या तीन सय ५० भए पनि कर्मचारी दरबन्दी एक सय शय्या बराबरको हुँदा उपचार सेवा प्रदानमा कठिनाइ भएको गुनासो गरे । 


Advertisment

“अस्पताल तीन सय ५० शय्यामा स्तरोन्नति भएको वर्षौं बितिसक्दा पनि कर्मचारी दरबन्दी एक सय श्ययाअनुसार नै छ”, उनले भने, “जनशक्ति अभावका कारण अपेक्षित सेवा प्रवाह गर्न सकिरहेका छैनौँ । शय्याअनुसार दरबन्दी कायम गर्न जरुरी छ । अर्काेतर्फ  क्वाटर, मेसिनरी र अन्य पूर्वाधारको उस्तै जटिल छ ।”  


Advertisment

मेसु हकले अस्पतालसँग सम्बन्धित विवाद लामो समयदेखि सर्वाेच्च अदालतमा विचाराधीन रहेकाले पनि विभिन्न खालका उल्झन आइरहेको गुनासो गरे। 

मन्त्री यादवले मधेस प्रदेशकै प्रमुख स्वास्थ्य केन्द्रको रुपमा रहेको नारायणी अस्पताललाई व्यवस्थित बनाउने प्रतिबद्धता जनाए । 
मन्त्री यादवले अस्पतालका लागि आवश्यक बजेट तथा स्रोत व्यवस्थापनको जिम्मेवारी आफ्नो भएको बताए । “मैले समग्र देशकै स्वास्थ्य क्षेत्र सुधार ल्याउने गरी काम थालिसकेको छु”, उनले भने, “त्यसैको सिलसिलामा पूर्वस्वास्थ्यमन्त्री तथा विज्ञहरुलाई भेटेर आवश्यक रायसुझाव पनि लिएको छु ।’’ उनले नारायणी अस्पतालको ओपिडी, फार्मेसी, पोस्टअप, ल्याबलगायत अनुगमन गर्दै बिरामी तथा कुरुवासँग कुराकानी गरेका थिए । 

अस्पतालमा उपचाररत बिरामीले अस्पतालको फार्मेसीमा पर्याप्त औषधि नभएको, ओपिडी टिकट काट्ने काउन्टरमा भीडभाड रहेको, र चिकित्सकले ओपिडीमा पर्याप्त समय नदिएकोलगायतका गुनासो मन्त्रीसक्षम राखेका थिए । 

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

x