२३ असार २०८३, मंगलबार

काठमाडौंमा मनसुन भित्रिन केही दिन लाग्ने, कस्तो रहला आजको मौसम ?

जेठ ३०, २०८१
काठमाडौं
काठमाडौंमा मनसुन भित्रिन केही दिन लाग्ने, कस्तो रहला आजको मौसम ?

काठमाडौं उपत्यकामा मनसुन भित्रिन केही दिन लाग्ने भएको छ । हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौं उपत्यकामा आज सामान्य वर्षाको सम्भावना क्षीण छ । यद्यपि यहाँको आकाशमा बादल लाग्ने सम्भावना छ । यहाँको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियसबीच रहने पूर्वानुमान छ । 

सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी इलाकामा मौसम सफा छ । कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा पनि भइरहेको विभागले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्