०५ साउन २०८३, मंगलबार

विदेशी नागरिकता लिने विशिष्ट श्रेणीका कर्मचारी को-को हुन् हामीले जानकारी पाउनुपर्‍यो– रघुजी पन्त

जेठ ३०, २०८१
काठमाडौं
विदेशी नागरिकता लिने विशिष्ट श्रेणीका कर्मचारी को-को हुन् हामीले जानकारी पाउनुपर्‍यो– रघुजी पन्त
फाइल तस्वीर

नेकपा एमालेका सांसद रघुजी पन्तले विदेशी नागरिकता लिएका कर्मचारीबारे संसद्लाई जानकारी गराउन माग गरेका छन् ।

विदेशी नागरिकता लिएका कर्मचारीलाई कारबाही गर्न भनेर अख्तियारले पत्र लेखे पनि प्रधानमन्त्री कार्यालयले एक्सन नलिएको उनले आरोप लगाए । 

बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद पन्तले नेपाल सरकारको विशिष्ट श्रेणीका कर्मचारीले समेत विदेशी नागरिकता लिएको समाचार आएको भन्दै उनीहरूको जानकारी दिन माग गरेका हुन् ।

‘नेपाल सरकारको नुन खाँदाखाँदै विदेशी नागरिकता लिन रहर लाग्ने महानुभाव को-को रहेछन् जानकारी पाउनुपर्‍यो,’ सांसद पन्तले भने ।

salt training

कमेन्ट गर्नुहोस्