
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट्दा प्रोटोकल बाहिरको 'नौलो मान्छे' राखिएको भन्दै कांग्रेस सांसदले सरकारको जवाफ माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा कांग्रेस सांसद रामहरि खतिवडाले दुई प्रधानमन्त्रीको भेटमा प्रोटोकल बाहिरको मान्छे राखिएको भन्दै सरकारको जवाफ माग गरेका हुन् ।
‘भारतको भ्रमण गरेका प्रधानमन्त्रीले संसद् चलिरहेको बेला भ्रमणको जानकारी दिनुपर्छ पर्दैन ?,’ खतिवडाले भने, ‘दुई प्रधानमन्त्रीबीचको वान टु वान भेट्दा प्रोटोकल बाहिरको नौलो मान्छे राखेर बस्नु भएको देखियो, यसबारे पनि जवाफ चाहन्छौ ।’
प्रचण्ड र मोदीबीच आइतबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डकी छोरी गंगा दाहाल देखिएकी थिइन् ।
खतिवडाले नाम उच्चारण नगरेपछि आशय त्यतातर्फ थियो ।

