०८ साउन २०८३, शुक्रबार

कपालमा चाँया पर्दा किन हुँदैन तेल लगाउन ?

कात्तिक २०, २०७४
कपालमा चाँया पर्दा किन हुँदैन तेल लगाउन ?

एजेन्सी- तेललाई कपाल झर्नेदेखि लिएर कपालका विभिन्न समस्याहरुको समाधान हुने पदार्थको रुपमा लिइन्छ ।
कपाल सुख्खा भयो या तालु चिलायो भने पनि कतिले कपालमा तेल लगाउने गर्छन ।dandruf
यसरी कपाललाई ओसिलो बनाउन तेल लागाइने गरे पनि डाक्टरहरुले भने तेलले मानिसको टाउकोको तालुमा एउटा तह बनाउने र त्यो छालामा प्राकृतिक रुपमा ओसिलो बनाउनबाट रोक्ने बताउँछन् । यसले तालुमा पत्रहरु बनाउने र त्यहाँको छालामा भएका स–साना प्वालहरुलाई बन्द गरेर चाँया पार्छ ।

अझ पहिलेनै चाँया भएको कपालमा तेल लगायो भने यसले कपाल झार्ने समस्या देखापर्छ । कपालमा धेरै समयसम्म तेल राखिराख्यो भने यसले कपालको चमकलाई पनि असर गर्ने डाक्टरहरु बताउँछन् । त्यसैले चाँयाको समस्या भएका मानिसहरुले सकेसम्म तेल नलगाउनुनै बेस हुन्छ ।

कसरी हटाउने चाँया ?
- नुहाउनुअघि तालुमा कागतीको रस लगाएर मालिस गर्नुहोस् । कपाललाई १५–२० मिनेट राम्ररी पखाल्नुहोस् । यसले कपालमा भएको चिपचिप हटाउन, चाँया भगाउन र कपालमा चमक ल्याउन मद्दत गर्छ ।
- नुहाउनु भन्दा अघि तालुमा एलोभेराको जेल लगाएर मालिस गर्नुहोस् । त्यसलाई त्यतिकै २० मिनेटसम्म छाड्नुहोस् र कपाललाई स्याम्पु लगाएर धुनुहोस् ।
- कपाल र तालुमा दही राखेर करिब १ घण्टा त्यतिकै छाड्नुहोस् । स्याम्पु लगाएर राम्ररी पखाल्नुहोस् । यसलाई हप्ताको दुई पटक गर्नुहोस् ।

salt training

कमेन्ट गर्नुहोस्