०८ साउन २०८३, शुक्रबार

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित, पदाधिकारीमा प्रतिस्पर्धा हुने

जेठ ३०, २०८१
काठमाडौं
जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित, पदाधिकारीमा प्रतिस्पर्धा हुने

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । जनकपुरमा जारी राष्ट्रिय महाधिवेशनबाट यादव निर्विरोध अध्यक्ष निर्वाचित भएको जसपा नेपालका नेता महेश चौरसियाले जानकारी दिए । 

उनका अनुसार अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेको थियो ।

यादवको नेतृत्वमा १८ वर्षअगाडि मधेशी जनअधिकार फोरम नेपाल गठन भएको थियो । पटकपटक पार्टीको नाम परिवर्तन भए पनि अध्यक्षमा यादव नै रहिरहेका छन् । 

अध्यक्षबाहेक अन्य पदमा भने नेताहरूको उम्मेदवार परेको छ । नामावली भने सार्वजनिक भइसकेको छैन ।

मधेश प्रदेशको जनकपुरधामस्थित महेन्द्र नारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समिति चयन हुने छ । 

समितिमा पदाधिकारी २०, सदस्य १८१ गरी २०१ सदस्यीय केन्द्रीय समिति रहने छन् ।

पदाधिकारीमा अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ जना रहने प्रावधान छ ।
 

salt training

कमेन्ट गर्नुहोस्