
नेपाल विज्ञापन संघ (आन)ले आफ्नो ३४औं वार्षिकोत्सवको अवसरमा रक्तदान गरेको छ ।
यही जेठ ३० गते बुधबार संघको केन्द्रीय कार्यालय शान्तिनगरमा रक्तदान कार्यक्रम गरिएको हो ।
रक्तदान कार्यक्रममा संघका पूर्वअध्यक्ष तथा वर्तमान पदाधिकारी तथा सदस्यहरू, मिडियाकर्मी, विज्ञापनकर्मी, वरिष्ठ कलाकार, पत्रकार, विज्ञापनदाताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
काठमाडौं महानगरपालिका तथा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान कार्यक्रम गरिएको आनले जनाएको छ ।