०८ साउन २०८३, शुक्रबार

इजरायलविरुद्ध लेबनानको प्रत्याक्रमणः ९० वटा क्षेप्यास्त्र प्रहार

जेठ ३०, २०८१
काठमाडौं
इजरायलविरुद्ध लेबनानको प्रत्याक्रमणः ९० वटा क्षेप्यास्त्र प्रहार

जेरुसेलम–लेबनानबाट उत्तरी इजरायलमा करिब ९० वटा क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाले दाबी गरेको छ । मङ्गलबार दक्षिण लेबनानमा गरिएको इजरायली आक्रमणमा हिजबुल्लाहका एक वरिष्ठ कमान्डर मारिएपछि प्रत्याक्रमण भएको हो । 

केही समयअघि लेबनानबाट पार गर्ने लगभग ९० वटा प्रक्षेपण पहिचान गरिएको सेनाले विज्ञप्तिमा जनाएको छ । सेनाका अनुसार धेरैलाई रोकियो तर अन्य केहीले उत्तरी इजरायलमा प्रहार गर्दा केही क्षेत्रमा आगजनी भएको छ । 

लेबनानी लडाकू समूह हेजबुल्लाहले आफ्नो प्यालेस्टिनी सहयोगी हमासले अक्टोबर–७ मा दक्षिणी इजरायलमा आक्रमण गरी गाजामा युद्ध शुरू गरेपछि इजरायली सेनासँग लगभग दैनिक सीमापार गोलीबारी गरेको छ । 

हालका दिनहरूमा तापक्रमसँगै युद्धको गति बढेको र हवाई आक्रमणको आदानप्रदानले सीमाको दुवै छेउमा धेरै आगजनी र डढेलोका घटनामा वृद्धि भएको छ ।

मङ्गलबार इजरायली आक्रमणमा हेजबुल्लाहका एकजना वरिष्ठ कमाण्डर मारिएपछि लेबनानबाट पछिल्लो आक्रमण आएको हो ।

हेजबुल्लाहले मारिने व्यक्ति अबु तालेब भनिने कमाण्डर तालेब सामी अब्दुल्लाह रहेका र उनको जन्म सन् १९६९ मा भएको बताएको छ । 

लेबनानी सैन्य स्रोतले उक्त कमान्डर युद्ध शुरू भएदेखि अहिलेसम्म मारिएका हेजबुल्लाहमा सबैभन्दा महत्त्वपूर्ण भएको बताएको छ ।

इजरायली आक्रमणले सीमाबाट १५ किलोमिटर  टाढा रहेको जौइया शहरमा प्रहार गरेको र अन्य तीन जनाको पनि मृत्यु भएको स्रोतले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्