
आयोजक अमेरिकालाई पराजित गर्दै भारत आईसीसी टी–२० विश्वकपको सुपर ८ मा प्रवेश गरेको छ । अमेरिकाको नासाउ काउन्टी क्रिकेट स्टेडियममा बुधबार राति सम्पन्न खेलमा भारतले ७ विकेटले पराजित गरेको हो ।
अमेरिकाले दिएको १११ रनको लक्ष्य भारतले १८.२ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । भारतको जितमा सूर्यकुमार यादवले अर्थशतक बनाए । उनले ४९ बलमा २ छक्का र २ चौकासहित ५० रन बनाएका हुन् ।
यस्तै रिषभ पन्तले १८ रनको योगदान दिँदा रोहित शर्मा ३ र विराट कोहली शून्य रनमै आउट भए ।
यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाका लागि नितिश कुमारले सर्वाधिक २७ रन बनाउँदा स्टिभन टेलरले २४ रनको योगदान दिएका थिए ।
अमेरिकाको ब्याटिङ ध्वस्त बनाउने क्रममा भारतका अर्शदीप सिंहले ४ विकेट र हार्दिक पाण्ड्याले २ विकट लिएका थिए । जितसँगै भारत एक खेलअघि नै सुपर ८ मा पुगेको हो ।