०२ साउन २०८३, शनिबार

पूर्वी भेगमा मनसुनी प्रणालीको प्रभाव : कस्तो रहला देशभरको मौसम ?

जेठ ३१, २०८१
काठमाडौं
पूर्वी भेगमा मनसुनी प्रणालीको प्रभाव : कस्तो रहला देशभरको मौसम ?

हाल कोशी, मधेश र बागमती प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा बाँकी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

साथै कोशी प्रदेश र मधेश प्रदेशका तराईका थोरै स्थानमा हावा-हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । 

हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव छ।

वर्षा गराउने मौसम प्रणाली ‘मनसुन’ नेपालको पूर्वी क्षेत्रमा प्रवेश गरेको आज चौथो दिन हो । जुन १० तारिख (जेठ २८ गते) कोशी प्रदेशमा मनसुन भित्रिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्