२७ असार २०८३, शनिबार

कुवेतको एक भवनमा आगलागी हुँदा ४० भारतीयसहित ४९ जनाको मृत्यु

५ नेपालीले झ्यालबाट हाम फालेर ज्यान जोगाए
जेठ ३१, २०८१
काठमाडौं
कुवेतको एक भवनमा आगलागी हुँदा ४० भारतीयसहित ४९ जनाको मृत्यु

कुवेतको मङ्गाफ शहरमा रहेको एउटा भवनमा आगलागी हुँदा ४९ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमध्ये ४० जना भारतीय कामदार रहेका छन् । 

मृत्यु हुनेको उमेर २० देखि ५० वर्षसम्म रहेको छ । तीमध्ये अधिकांश केरला र तमिलनाडुका मानिसहरू रहेको समाचारमा उल्लेख छ । 

दुर्घटनामा ५० भन्दा बढी भारतीय पनि घाइते भएको दैनिक भास्करले जनाएको छ । 

कुवेत टाइम्सको रिपोर्ट अनुसार भवनमा १९५ भन्दा बढी कामदार बस्दै आएका थिए । 

प्राप्त विवरणअनुसार उक्त क्याम्पमा आगलागीमा परेका ५ जना नेपाली श्रमिकले भने झ्यालबाट हाम फालेर आफ्नो ज्यान जोगाउन सफल भएका छन्। 

यसैबीच, भारतका विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंह आज कुवेत जाने भएका छन् ।

त्यहाँको अवस्थाबारे जानकारी लिन उनी कुवेत जान लागेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्