
युरोपकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय फूटबल प्रतियोगिता युरोकप नेपाली समयअनुसार शुक्रवार मध्यरातिदेखि जर्मनीमा शुरू हुँदैछ ।
जर्मनीका विभिन्न १० रंगशालामा हुने प्रतियोगितामा युरोपका २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
यसैबीच युरोकपका विभिन्न रोचक तथ्यहरू सार्वजनिक भइरहेका छन् । जसमा युरोकप खेल्न लागेका सबैभन्दा धेरै उमेरका १० खेलाडीको सूची पनि सार्वजनिक भएको छ ।
युरोकपमा सबैभन्दा बूढा खेलाडी पोर्चुगलमा पेपे रहेका छन् । उनी ४१ वर्षका छन् । उनको जन्ममिति २६ फेब्रुअरी १९८३ रहेको छ ।
पेपेपछि पोर्चुगलकै ३९ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डो बूढो खेलाडीको सूचीमा छन् । उनको जन्ममिति ५ फेब्रुअरी १९८५ रहेको छ ।
कप्तान रोनाल्डो र उपकप्तान पेपे राष्ट्रिय टोलीका मात्र नभएर रियल म्याड्रिडका पनि पूर्वसहकर्मी हुन् । उनीहरू मिल्ने साथीसमेत हुन् ।
त्यसपछि क्रमशः तेस्रोदेखि पाँचौ स्थानमा क्रोएसियाका कप्तान लुका मोड्रिच, स्पेनका जेसुस नाभास र जर्जियाका जिओर्गी लोरिया छन् ।
यसपछि क्रमश छैटौंदेखि १० औँ स्थानमा जर्मनीका गोलकिपर म्यानुअल नोयर, फ्रान्सका स्ट्राइकर ओलिभियर जिरुड, स्लोभाकियाका पिटर पेक्रिक, डेनमार्कका गोलकिपर केस्पर स्माइलकल र स्लोभाकियाकै जुराज कुक्का छन् ।
हेरौं सूचीः
1. Pepe (26/02/1983)
2. Cristiano Ronaldo (05/02/1985)
3. Luka Modrić (09/09/1985)
4. Jesús Navas (21/11/1985)
5. Giorgi Loria (27/01/1986)
6. Manuel Neuer (27/03/1986)
7. Olivier Giroud (30/09/1986)
8. Peter Pekarik (30/10/1986)
9. Kasper Schmeichel (11/05/1986)
10. Juraj Kucka (26/02/1987)