३१ जेठ २०८३, आइतबार

तीन स्थानीय तहद्वारा मानव बेचविखन विरुद्ध कानुन बनाइ राजपत्रमा प्रकाशन

जेठ ३१, २०८१
काठमाडौं
तीन स्थानीय तहद्वारा मानव बेचविखन विरुद्ध कानुन बनाइ राजपत्रमा प्रकाशन

 तीन वटा स्थानीय तहले मानव बेचविखन तथा ओसारपसार विरुद्धको कानुन निर्माण गरी स्थानीय राजपत्रमा प्रकाशन गरेका छन् । 

नेपालले पार्लेमो प्रोटोकल अनुमोदन गरेको चौथो वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित मानव बेचविखन तथा ओसारपसार विरुद्ध स्थानीय तथा प्रदेश सरकारले गरेका पहलहरु विषयक सञ्चारकर्मीहरुसँगको छलफल कार्यक्रममा उक्त जानकारी गराइएको हो । कार्यक्रम महिला, कानुन र विकास मञ्च, एसिया फाउण्डेशन र अष्ट्रेलियन एडले आयोजना गरेको थियो ।

यस्तो कानुन बनाएर स्थानीय राजपत्रमा सूचना प्रकाशन गर्ने स्थानीय तहहरुमा झापाको भद्रपुर नगरपालिका, नुवाकोटको शिवपुरी गाउँपालिका र अछामको साँफेबगर नगरपालिका रहेका  छन् । कार्यक्रमलाई सम्बोधन गर्दै भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले भारतसँग खुला सीमा भएकाले भद्रपुरबाट मानव बेचबिखनका घटना हुने गरेको उल्लेख गरे । त्यसलाई नियन्त्रण गर्न स्थानीय सरकारले कानुन बनाएर स्थानीय राजपत्रमा सूचना प्रकाशन गरी कार्यान्वयनमा ल्याएको उनले जानकारी दिए । 
 
 शिवपुरी गाउँपालिकाका उपाध्यक्ष वीरबहादुर तामाङले पहिलेभन्दा फरक तरिकाले सामाजिक सञ्जालकै माध्यमबाट अहिले मानव बेचबिखनका घटना हुन थालेकाले प्रविधिको चुनौती बुझेर काम गरिनुपर्नेमा जोड दिए । 

salt training

कमेन्ट गर्नुहोस्