०३ असार २०८३, बुधबार
मनसुन भित्रिएसँगै पूर्वी नेपालमा पहिरोको जोखिम

पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते

जेठ ३२, २०८१
ताप्लेजुङ
पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार गएराति पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाय र छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो ।

यसैगरी ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीय छोरी घाइते भएको उनले बताए । 

बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ । 

पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्