![कारलाई जोगाउन खोज्दा त्रिशुलीमा खस्यो बस : २० जना घाइते, पाँचको अवस्था गम्भीर [अपडेट]](https://lktcdn2.prixacdn.net/media/accident_B5sHtlPqQv.jpg)
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीको किनारमा खसेको छ ।
चितवनको फिस्लिङ बजारनजिक बस दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख इन्स्पेक्टर रविन्द्र श्रेष्ठले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कारसँग ठोक्किएर नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ४०६२ नम्बरको बस शुक्रबार बिहान साढे ७ बजेतिर त्रिशुली किनारमा खसेको हो ।
दुर्घटनामा २० जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
बसमा ४५ जना यात्री थिए । सबै यात्रीको अवस्था सामान्य छ ।
स्पीडमा रहेको कारलाई जोगाउन खोज्दा बस त्रिशुली किनारमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।