०७ असार २०८३, आइतबार

श्रीलंकाको अर्थतन्त्र २.२ प्रतिशतले विस्तार हुने विश्व बैंकको अनुमान

जेठ ३२, २०८१
काठमाडौं
श्रीलंकाको अर्थतन्त्र २.२ प्रतिशतले विस्तार हुने विश्व बैंकको अनुमान

कोलम्बो - श्रीलंकाको अर्थतन्त्र सन् २०२४ मा २.२ प्रतिशतले विस्तार हुने र सन् २०२६ मा तीन प्रतिशत पुग्ने अपेक्षा विश्व बैंकले छ ।

सन् २०२४ को प्रारम्भमा पाकिस्तान र श्रीलंकालगायत धेरै देशहरूमा निजी क्षेत्रको गतिविधि बढेको रिपोर्टमा उल्लेख गरिएको छ । 

रिपोर्टका अनुसार श्रीलंकामा आर्थिक गतिविधि सुदृढ भई पर्यटन र रेमिट्यान्स पनि पुनः प्राप्त भएको छ । यद्यपि तिनीहरू पूर्व–महामारीको स्तर भन्दा तल रहेका छन् ।

दक्षिण एसिया क्षेत्रको आर्थिक वृद्धि सन् २०२४ मा ६.२ प्रतिशतमा झर्ने र सन्  २०२५–२६ सम्ममा यो दर कायम रहने अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्