३० जेठ २०८३, शनिबार

झापाको शिवसताक्षीमा ३ जना मृत भेटिए

जेठ ३२, २०८१
झापा
झापाको शिवसताक्षीमा ३ जना मृत भेटिए

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ३ भोटेपुलमा दुई बालकसहित तीन जना मृत फेला परेका छन्।

शुक्रबार बिहान २५ वर्षीया अञ्जली बेस्रा, उनका छोराहरू ९ वर्षका विशाल र ३० महिनाका आयुष मृत फेला परेका हुन्।​ ​

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दका अनुसार उनीहरू शुक्रबार बिहान मृत भेटिएका हुन् ।​

उनका अनुसार  अञ्जली झुन्डिएको अवस्थामा फेला परेकी थिइन् भने सोही कोठाको बेडमा भेटिएका थिए ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अञ्जलीका पति सुजन बेस्रा वैदेशिक रोजगारीमा रहेको स्थानीयले बताएका छन् ।​

salt training

कमेन्ट गर्नुहोस्