२८ जेठ २०८३, बिहीबार

‘क्रिप्टो करेन्सी’मा संलग्न रहेको आरोपमा २ जना पक्राउ, ६४ वटा कम्प्युटर बरामद

जेठ ३२, २०८१
काठमाडौं
‘क्रिप्टो करेन्सी’मा संलग्न रहेको आरोपमा २ जना पक्राउ, ६४ वटा कम्प्युटर बरामद

‘क्रिप्टो करेन्सी’मा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–१ का ४० वर्षीय विश्वास गुरुङ र भक्तपुर नगरपालिका–७ का २५ वर्षीय राजेन्द्र ताहामता छन् ।

ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी होबिन्द्र बोगटीका अनुसार सीटीईभीटी अन्तर्गतको टीआईटीआई (ट्रेनिङ इन्स्टिच्युसन आफ टेक्निकल इन्सट्रक्सन)को भवनमा रहेको इन्फरमेसन टेक्नोलोजी ल्याबमा क्रिप्टो करेन्सी माइनिङ भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो ।

उक्त भवनमा रहेका कम्प्युटर तथा सर्भर प्रणालीको प्रारम्भिक प्राविधिक अनुसन्धान गर्दा एउटा सर्भर र ६४ वटा डेस्कटप कम्प्युटरमा क्रिप्टो माइनिङ एप्लिकेसन सञ्चालन भइरहेको फेला परेको जानकारी बोगटीले दिए ।

ब्यूरोले सर्भर र ६४ थान सीपीयू बरामद गरी उक्त ल्याबको जिम्मेवारीमा रहेका गुरुङ र ताहामतालाई नियन्त्रणमा लिइएको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्