२२ असार २०८३, सोमबार

ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनुपर्छ : रवि लामिछाने

जेठ ३२, २०८१
काठमाडौं
ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनुपर्छ : रवि लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताएका छन् । 

ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन र नागरिकले महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्न प्रविधिमैत्री बनाउँदै लैजाने उनको भनाइ छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आज निरीक्षण गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।

विभिन्न समस्या र अभावका बाबजुद उत्कृष्ट कार्यसम्पादन गर्दै आएका ट्राफिक प्रहरीलाई पनि प्रविधिको उपयोगले थप सहज बनाउने उनले बताए ।

उनले प्रत्येक प्रहरी कर्मचारीले नागरिकसँग गर्ने व्यवहारमा परिवर्तन ल्याउन र आफ्नो कामप्रति जवाफदेही हुन निर्देशन दिए ।

गृहमन्त्री लामिछानेले ट्राफिक प्रहरीले प्रचलित कानून कार्यान्वयनमा कडा रूपमा प्रस्तुत हुनुपर्ने बताए ।

'ट्राफिक नियम मिच्नेलाई छुट दिन हुँदैन, एउटाले नियम मिच्दा अर्काको ज्यान जान सक्छ, त्यसैले ट्राफिक जाँचलाई अझ प्रभावकारी बनाइ लागुपदार्थ सेवन (लापसे), मापसे र लेन अनुशासनमा कसैलाई छुट नदिनुहोला,'  उनले भने ।

कार्यसम्पादनका क्रममा फरक क्षमता भएका व्यक्तिहरू, वृद्धवृद्धा एवं बालबालिकालाई विशेष ध्यान दिन पनि उनले आग्रह गरे ।

गृहमन्त्री लामिछानेले प्रतिकूल अवस्थाका बाबजुद सडकमा खटिँदा ट्राफिक प्रहरीले भोग्नुपरेका शारीरिक र मानसिक समस्या सम्बोधनका लागि गृहमन्त्रालय सदैव क्रियाशील रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्