२८ जेठ २०८३, बिहीबार
दिनदहाडै गम्भीर अपराध

बारामा गोली प्रहार गरी क्याम्पस प्रमुखको हत्या

जेठ ३२, २०८१
काठमाडौं
बारामा गोली प्रहार गरी क्याम्पस प्रमुखको हत्या

बाराको आदर्श कोतवाल नगरपालिका–३ मा अज्ञात समूहको गोली प्रहारबाट क्याम्पस प्रमुखको हत्या भएको छ । 

शुक्रवार भएको गोली प्रहारबाट कलैयाको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको मृत्यु भएको हो । कुशवाहा आदर्श कोतवाल–२ खजुरिया टोलका बासिन्दा थिए । । 

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी महेन्द्र खड्काका अनुसार  गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहाको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीले शंकास्पद केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको एसपी खड्काले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्