२८ जेठ २०८३, बिहीबार

अफगानिस्तानका दुई मस्जिदमा हमला, ७२ बढीको मृत्यु

कात्तिक २०, २०७४
अफगानिस्तानका दुई मस्जिदमा हमला, ७२ बढीको मृत्यु

अफगानिस्तानका दुई मस्जिदमा भएको आत्मघाती हमलामा ७२ भन्दा बढीको मृत्यु भएको छ । पहिलो हमला राजधानी काबुलको शिया मस्जिदमा भएको थियो, जहाँ एक आत्मघाती हमलाकारले शुक्रवार साँझको नमाजका बेलामा आफैलाई विस्फोट गरेर उडाएका थिए । उक्त हमलामा ३९ व्यक्तिले ज्यान गुमाए र अन्य केही घाइते भएका थिए । नमाजमा महिला र बच्चा पनि सहभागी थिए ।

काबुल प्रहरीका प्रवक्ता मोहम्मद इकबालल निजामीले आत्मघाती हमला गर्नेले दश्त ए बार्ची मस्जिदमा नमाजका बेला हमला गरेको बताएका छन् । पुलिसले शुरुमा इमाम जमां मस्जिदमा एक बन्दुकधारीले हमला गरेको बताएका थिए । दोस्रो हमला घोर प्रान्तको एक सुन्नी मस्जिदमा भएको थियो ।

प्रान्तीय पुलिसले बताएअनुसार उक्त मस्जिदमा नमाजका बेला विस्फोट हुँदा ३३ जनाको मृत्यु भएको थियो । अहिलेसम्म कुनै पनि संगठनले हमलाको जिम्मेवारी लिएका छैनन् । पछिल्ला दिनमा तालिबान समूहले कैयन् हमला गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्