२८ जेठ २०८३, बिहीबार

चीनमा गाडीमा निसास्सिएर आठ जनाको मृत्यु

असार ३, २०८१
काठमाडौं
चीनमा गाडीमा निसास्सिएर आठ जनाको मृत्यु

झेङ्झोउ–मध्य चीनको हेनान प्रान्तमा आइतबार बिहान एउटा रेफ्रिजेरेटेड ट्रकमा निसास्सिएर आठ जनाको मृत्यु भएको स्थानीय अनुसन्धान टोलीले जनाएको छ ।

ती आठजना नियमविपरीत गाडीको ‘इन्सुलेटेड कम्पार्टमेन्ट’मा बसेका थिए । 

आइतबार राति १० बजेतिर गाडी ग्यास स्टेसनमा आइपुग्दा उनीहरू अचेत अवस्थामा भेटिएका थिए । बेहोस अवस्थामा भेटिएका उनीहरूको उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । तर उनीहरूलाई शनिबार बिहान ३ बजेतिर मृत घोषित गरिएको हो । 

यस घटनासँग सम्लग्न सवारीचालक र सम्बन्धित जिम्मेवार कर्मचारीहरूलाई हिरासतमा लिई अनुसन्धान शुरू गरिएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्