१४ असार २०८३, आइतबार

मकवानपुरमा चट्याङ लागेर १ जनाको मृत्यु

असार ३, २०८१
हेटौंडा
मकवानपुरमा चट्याङ लागेर १ जनाको मृत्यु
फाइल तस्वीर

मकवानपुरको राक्सिराङ गाउँपालिका–२ थुम्कीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार सोमबार बिहान घरमै सुतिरहेको अवस्थामा ४५ वर्षीय वीरबहादुर प्रजालाई चट्याङ लागेको थियो ।

चट्याङ लागेर घाइते भएका प्रजाको हेटौंंडा अस्पतालमा लगेपछि चिकित्सकले मृत घोषणा गरेका प्रवक्ता भण्डारीको भनाइ छ ।

उनका अनुसार मृतकको शव अस्पतालमा राखिएको रहेको छ ।

घटनाबारे प्रहरी सहायक निरीक्षक गौरव विष्टको टोली थप अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्