१६ असार २०८३, मंगलबार

ग्रामथान गाउँपालिका अध्यक्ष गच्छदारको निधन

असार ३, २०८१
विराटनगर
ग्रामथान गाउँपालिका अध्यक्ष गच्छदारको निधन

मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ ।

२०८० माघ १० गते ब्रेन ह्यामरेज भएर थलिएका अध्यक्ष गच्छदारको सोमबार दिउँसो मृत्यु भएको नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले जानकारी दिए ।​

नेपाली कांग्रेसबाट निर्वाचित गच्छदार पार्टीको बैठकमा सहभागी भएका बेला उनि एक्कासि ढलेका थिए ।

उपसभापति माझीका अनुसार  गच्छदारको भोलि अन्तिम संस्कार गरिनेछ ।

चार महिनादेखि अर्धचेत रहेका उनी एक महिनायता घरमा थिए ।

उपाध्यक्ष गुणवतीदेवी थारूले कार्यवाहक अध्यक्षको रुपमा काम गरिरहेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्