११ असार २०८३, बिहीबार

चट्याङ लागेर प्रधानाध्यापकको मृत्यु

असार ३, २०८१
बुटवल
चट्याङ लागेर प्रधानाध्यापकको मृत्यु

पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी डाँडागाउँका ५६ वर्षीय विमलप्रसाद पन्त रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

आइतबार बेलुका घरमै बसिरहेको बेला चट्याङ लागेर घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पुर्‍याइएको थियो ।

डाक्टरले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

पन्त डाडागाउँस्थित जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् ।

salt training

कमेन्ट गर्नुहोस्