२८ जेठ २०८३, बिहीबार

राष्ट्रपति पौडेलले गरे जर्मनीस्थित बर्लिन पर्खालको अवलोकन

असार ३, २०८१
काठमाडौं
राष्ट्रपति पौडेलले गरे जर्मनीस्थित बर्लिन पर्खालको अवलोकन

जर्मनी भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार बर्लिन पर्खाललगायतका ऐतिहासिक स्थलको अवलोकन गरेका छन् ।

तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिनको पर्खाललगायतका ऐतिहासिक स्थलको अवलोकनका क्रममा प्रथम महिला सविता पौडेलसहित भ्रमण दलका अन्य सदस्यहरू पनि सहभागी थिए।​

स्विट्जरल्यान्डको जेनेभामा भएको ११२ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्‌घाटन सत्रमा सहभागी भएर उनी जर्मनी पुगेका हुन् ।

जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी पुगेका थिए  ।

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच बर्लिनमा सोमबार नै भेटवार्ता हुने कार्यक्रम छ ।

salt training

कमेन्ट गर्नुहोस्