२७ असार २०८३, शनिबार

उपप्रधानसहित सरकारमा सहभागी हुन सीके राउतलाई प्रचण्डको प्रस्ताव, जनमत अनिर्णित

असार ३, २०८१
काठमाडौं
उपप्रधानसहित सरकारमा सहभागी हुन सीके राउतलाई प्रचण्डको प्रस्ताव, जनमत अनिर्णित

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सत्ता गठबन्धनले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई सरकारमा सहभागी हुन आग्रह गरेको छ ।

प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राउतलाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।

स्रोतका अनुसार उपप्रधानसहित कुनै मन्त्रालय लिएर सरकारमा सहभागी हुन राउतलाई प्रस्ताव गरिएको छ । जनमत पार्टीकी सांसद अनिता साहले राउतलाई सरकारमा सहभागी हुन प्रस्ताव गरिएको तर अहिलेसम्म पार्टीले कुनै निर्णय नगरेको लोकान्तरलाई जानकारी दिइन् ।

‘सत्ता गठबन्धनका शीर्ष नेताबाटै डा’सापलाई नै सरकारमा सहभागी हुन प्रस्ताव आएको छ, हाम्रो तर्फबाट अहिलेसम्म कुनै निर्णय भएको छैन’ केन्द्रीय सदस्यसमेत रहेकी पूर्वमन्त्री साहले भनिन् । प्रचण्ड सरकारमा यसअघि जनमत पार्टीको तर्फबाट अब्दुल खान र अनिता साह सहभागी भएका थिए ।

नागरिक उन्मुक्ति पार्टीलाई समेत समेटेर प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरिरहेको छन् । उपेन्द्र यादव सरकारबाट बाहिरिएपछि उनको रिक्तता पूर्तिका लागि सीके राउतलाई सरकारमा सहभागी गराउन प्रचण्डले जोडबल गरेका हुन् । २०७९ मंसिरको चुनावमा राउतले यादवलाई हराएका थिए ।

जनमत पार्टीका अध्यक्ष राउत अहिलेसम्म सरकारमा सहभागी भएका छैनन् । ‘सांसद बन्ने बित्तिकै मन्त्रीका लागि बार्गेनिङ गर्ने सत्तामुखी प्रवृत्तिमा नलाग्ने’ भन्दै राउत यसअघि सरकारमा गएका थिएनन् ।

प्रचण्ड सरकारलाई समर्थन गरेपछि जनमतले मधेशमा मुख्यमन्त्री पाएको छ ।

प्रतिनिधि सभामा जनमतका ६ सांसद छन् ।

salt training

कमेन्ट गर्नुहोस्