×

उपप्रधानसहित सरकारमा सहभागी हुन सीके राउतलाई प्रचण्डको प्रस्ताव, जनमत अनिर्णित

काठमाडाैं | असार ३, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सत्ता गठबन्धनले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई सरकारमा सहभागी हुन आग्रह गरेको छ ।

प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राउतलाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।


Advertisment

स्रोतका अनुसार उपप्रधानसहित कुनै मन्त्रालय लिएर सरकारमा सहभागी हुन राउतलाई प्रस्ताव गरिएको छ । जनमत पार्टीकी सांसद अनिता साहले राउतलाई सरकारमा सहभागी हुन प्रस्ताव गरिएको तर अहिलेसम्म पार्टीले कुनै निर्णय नगरेको लोकान्तरलाई जानकारी दिइन् ।


Advertisment

‘सत्ता गठबन्धनका शीर्ष नेताबाटै डा’सापलाई नै सरकारमा सहभागी हुन प्रस्ताव आएको छ, हाम्रो तर्फबाट अहिलेसम्म कुनै निर्णय भएको छैन’ केन्द्रीय सदस्यसमेत रहेकी पूर्वमन्त्री साहले भनिन् । प्रचण्ड सरकारमा यसअघि जनमत पार्टीको तर्फबाट अब्दुल खान र अनिता साह सहभागी भएका थिए ।

नागरिक उन्मुक्ति पार्टीलाई समेत समेटेर प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरिरहेको छन् । उपेन्द्र यादव सरकारबाट बाहिरिएपछि उनको रिक्तता पूर्तिका लागि सीके राउतलाई सरकारमा सहभागी गराउन प्रचण्डले जोडबल गरेका हुन् । २०७९ मंसिरको चुनावमा राउतले यादवलाई हराएका थिए ।

जनमत पार्टीका अध्यक्ष राउत अहिलेसम्म सरकारमा सहभागी भएका छैनन् । ‘सांसद बन्ने बित्तिकै मन्त्रीका लागि बार्गेनिङ गर्ने सत्तामुखी प्रवृत्तिमा नलाग्ने’ भन्दै राउत यसअघि सरकारमा गएका थिएनन् ।

प्रचण्ड सरकारलाई समर्थन गरेपछि जनमतले मधेशमा मुख्यमन्त्री पाएको छ ।

प्रतिनिधि सभामा जनमतका ६ सांसद छन् ।

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x