३० असार २०८३, मंगलबार

सार्वजनिक बिदामा पनि सेवाग्राहीको चाप उस्तै

असार ३, २०८१
काठमाडौं
सार्वजनिक बिदामा पनि सेवाग्राहीको चाप उस्तै

आज मुस्लिम धर्मालम्बीहरुको महान पर्व बकर इद (इदुल जोहा)का अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदा भए पनि जिल्ला प्रशासन कार्यालय भक्तपुरको कोठा नं ८ मा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ सेवाग्राहीको सेवामा व्यस्त देखिन्थिन्।

दिउँसो ३ बजे हामी त्यहाँ पुग्दा प्रजिअ श्रेष्ठ आफ्नो कार्यकक्षमा छाडेर कोठा नं ८ मा सेवाग्राहीको सेवामा व्यस्त थिइन् । यसअघि सार्वजनिक बिदामा दुई÷चार जना सेवाग्राही मात्रै आउँदा कर्मचारी यत्तिकै बस्नुपर्नेमा आज भने एकैदिन एक सय ५० भन्दा बढी सेवाग्राही आएको उनले जानकारी दिइन् ।  

गृह मन्त्रालयले विसं २०७९ चैत २ देखि राजपत्रमा सूचना प्रकाशित गरी १८ प्रकारका सार्वजनिक बिदाका दिनमा पनि अत्यावश्यकीय सेवा प्रवाह गर्ने सरकारी कार्यालय खोल्ने निर्णय गरेको थियो । 

राष्ट्रिय परिचय पत्रदेखि राहदानीका लागि सेवाग्राही बिहान ७ बजे नै लाइनमा बस्न आउने भएपछि कार्यालयले टोकन प्रणाली लागू गरेको थियो । राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीका लागि कार्यालयले दैनिक एक सय जनाका दरले असार १२ गतेसम्मका लागि टोकन वितरण गरिसकेको छ । 

कार्यालयमा आज प्रजिअ श्रेष्ठ, सहायक प्रजिअ डोरेन्द्र निरौला, प्रशासकीय अधिकृत अशोककुमार पोखरेललगायत १४ जना कर्मचारीले सेवा प्रवाह गरेका थिए । रासस

salt training

कमेन्ट गर्नुहोस्