१० साउन २०८३, आइतबार

पीएनजीविरुद्ध न्युजिल्यान्डको सानदार जीत

असार ४, २०८१
काठमाडौं
पीएनजीविरुद्ध न्युजिल्यान्डको सानदार जीत

आइसीसी टी-२० विश्वकपअन्तर्गत समूहको अन्तिम खेलमा न्युजिल्यान्डले पपुवा न्युगिनी (पीएनजी)लाई पराजित गरेको छ । सोमबार राति सम्पन्न खेलमा न्युजिल्यान्डले पपुवा न्युगिनी (पीएनजी)लाई सात विकेटले पराजित गरेको हो । 

पीएनजीले दिएको ७९ रनको लक्ष्य न्युजिल्यान्डले १२.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । 

ओपनर डेवन कन्वेले ३५ रन जोड्दै टोलीलाई जिततर्फ उन्मुख गराए । रचिन रविन्द्रले ६ रन जोड्दा केन विलियम्सन १८ र डेरील मिचेल १९ रनमा नटआउट रहे ।

यसअघि टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको न्युजिल्यान्डले पीएनजीलाई १९.४ ओभरमा ७८ रनमै अलआउट गराएको थियो । न्युजिल्यान्डका लागि फर्गुसनले ४ ओभरमा कुनै रन नखर्ची ३ विकेट लिएका थिए । उनी पुरुष टी-२० विश्वकपमा ४ ओभर नै मेडन राख्ने पहिलो बलर बनेका छन् ।

पीएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक १७ रन जोडे । नोर्मन भानुआले १४ र सेसे बाउले १२ रन जोड्नुबाहेक अन्यले दोहोरो स्कोर छुन सकेनन् ।

समूह सी बाट अफगानिस्तान र वेस्ट इन्डिज ८ प्रवेश गरिसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्