२८ जेठ २०८३, बिहीबार

वेस्ट इन्डिजले बनायो जारी विश्वकपको सबैभन्दा ठूलो स्कोर

असार ४, २०८१
काठमाडौं
वेस्ट इन्डिजले बनायो जारी विश्वकपको सबैभन्दा ठूलो स्कोर

जारी आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत वेस्ट इन्डिजले अफगानिस्तानलाई २१९ रनको लक्ष्य दिएको छ । 

सेन्ट लुसियाको ग्रोस आइलेटस्थित ड्यारेन सामी क्रिकेट मैदानमा मंगलबार बिहान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २१८ रनको विशाल स्कोर खडा गरेको हो । 

वेस्ट इन्डिजले अफगानिस्तानलाई दिएको यो लक्ष्य जारी विश्वकपको सबैभन्दा ठूलो स्कोर हो । यसअघि अस्ट्रेलिया र श्रीलंकाले २०१ रन बनाएको थियो । 

वेस्ट इन्डिजका लागि निकोलस पूरनले ५३ बलमा ९८ रन बनाए । जोन्सन चार्ल्सले ४३ र रोभम्यान पावेलले २६ रन बनाए ।

अफगानिस्तानका गुलबदिन नाइबले २ विकेट लिए । त्यस्तै अजमातुल्लाह ओमरजाई र नवीन उल हकले १–१ विकेट लिए ।
 

salt training

कमेन्ट गर्नुहोस्