०९ साउन २०८३, शनिबार
कान्छारामको काम ठन्डाराम

ठेकेदार सांसदको बेइमानी : पूर्वका सडक अलपत्र, नागरिकलाई दिनकै सास्ती

असार ४, २०८१
विराटनगर
ठेकेदार सांसदको बेइमानी : पूर्वका सडक अलपत्र, नागरिकलाई दिनकै सास्ती

केही दिनअगाडि कटहरी–२ का अशोक शर्माले चुनावमा गरेको वाचा पूरा नगरेको भन्दै प्रदेश सांसदहरूसँग आक्रोश पोखे । संसदीय पत्रकार मञ्च कोशी प्रदेशले आयोजना गरेको प्रतिनिधिसँग सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले दुईवटा सडक बेहाल अवस्थामा रहँदा पनि प्रदेश सांसदहरूले चासो नदेखाएको भन्दै उनले आक्रोश पोखेका हुन् । 

हुन पनि अहिले हुलाकी राजमार्ग र कटहरी रिङ रोड अलपत्र अवस्थामा छन् । कटहरी– ५ मा गरिएको उक्त कार्यक्रममा चुनावका बेला सबै विकास देख्ने अहिले काम नहुँदा पनि बेवास्ता गर्ने ? भन्दै शर्माले प्रश्न गरेका थिए । कार्यक्रम भएको स्थान मोरङ क्षेत्र नम्बर ४ पर्छ । यहाँका प्रदेश सांसद भीम पराजुली, जयप्रकाश चौधरी हुन् । सडक नबन्दाको पीडा जनताले पोखेपछि दुवै जनाले जवाफ दिएका थिए । यस क्रममा पराजुलीले हुलाकी सडकबारे जवाफ दिएका थिए । 

प्रदेश सांसद पराजुलीले हुलाकी सडक निर्माणको लागि पहल गरिरहेको दाबी गरे । ‘सडक निर्माण हुनुपर्छ भनेर हामी आफैँ अनसन बसेका छौँ । हामीले आश्वासन मात्रै पाएका छौँ । अब प्रधानमन्त्रीसमक्ष डेलिगेसन जानुपर्छ जस्तो छ,’ उनले भने, ‘कतिपय विकास निर्माणका काम सरकार बनाउने र ढाल्ने खेलमा अलमल हुँदा पनि प्रभावित भएको छ । हाम्रो बजेट निर्माणको प्रक्रिया पनि ठीक ढङ्गले चलिरहेको छैन । हामी प्रदेश सांसदनिरीह जस्तै भयौँ ।’ उनले सरकार बदलिए पनि प्राथमिकता एउटै हुनुपर्नेमा जोड दिए । 

null

सांसद चौधरीले विराटनगर रिङ रोडको प्रगति चित नबुझ्दो भएको बताए ।  विराटनगर–रंगेली हुलाकी राजमार्ग नबनाउने ठेकदार कान्छाराम कन्स्ट्रक्सन कारबाही गर्ने प्रक्रियामा अगाडि बढेको जानकारी दिँदै उनले अर्काे विकल्पमा जाँदा पनि सडक निर्माणको काम लम्बिने बताए । उक्त कन्ट्रक्सन रामेछापका प्रतिनिधिसभा सांसद कान्छाराम भनिने पूर्णबहादुर तामाङको निर्माण व्यवसायी कम्पनी हो । उनै संघीय सांसद तामाङले काम नगर्दा प्रदेशका सांसद जनताको प्रश्नबाट घेरिने गरेका छन् । 

प्रदेशका मात्र नभएर स्थानीय तहका जनप्रतिनिधि पनि यस्तै प्रश्नले घेरिइरहेका छन् । ठेकेदारले काम नगरिदिँदा समस्या भएको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बताए । ‘ठेकेदारले काम नगरेपछि हैरानी भएर मैले त निर्माण सामग्री पालिकामा लगेर राखिदिन्छु भन्न बाध्य भएँ । अहिले बल्ल पाँच टिप्पर बालुवा ल्याएर काम  थालेको छ,’ उनले भने ‘त्यो पनि असार लाग्न लाग्दा !’

मोरङमा ४ वटा पूर्वाधार विकासको कामको जिम्मा तामाङको निर्माण कम्पनीले पाएको थियो । तर चार वटै आयोजनाको काम भने कछुवाको गतिमा छ ।  उत्तरी मोरङको केराबारीबाट सिंहदेवी जाने खोर्साने–केराबारी–सिंहदेवी १३.६१५ किलोमिटर सडकको अवस्था झनै हालतको छ । यो सडक निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी सीआईसीओ (सीको) र केसीसीपीएल जेभीे र कान्छारामले काम नगर्दा सडकको बेहाल भएको हो  । पाँच वर्ष बित्न लाग्दा आधा पनि काम नभएको सरोकारवालाहरूको भनाइ छ । ५४ प्रतिशत मात्रै काम भएको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाले जनाएको छ । ७० करोड ३९ लाख २९ हजार ३५५ रुपैयाँमा ठेक्का लागेको थियो । सडक निर्माण दुई वर्षमा सक्ने गरी ठेक्का लागेको थियो । तर पाँच वर्ष बित्दा पनि आधा मात्र काम भएको जनप्रतिनिधिको गुनासो छ । 

null

खोर्साने–केराबारी–सिंहदेवी सडक पर्यटकीय गन्तव्य जोड्ने सडक हो । यो सडकले नेपाल सरकारको गौरवको आयोजनाको रुपमा रहेको भेडेटार–रवि जोडिने सडकलाई समेत जोडिन्छ । तराईमा उखरमाउलो गर्मी हुँदा शीतलता दिने जेफाले जोड्ने सडक अलपत्र बनेपछि स्थानीय भने रुष्ट छन् । सदनमा ठेकदार र व्यावसायिक बाहुल्यता बढ्दा थप चिन्ताको विषय बनेको कटहरी– २ का स्थानीय अशोक शर्माले बताए । ‘कानून बनाउने ठाउँमा नै काम नगर्ने मान्छे गएपछि विकास निर्माणको काम राम्रो होला र जनताले सुख पाउला भन्ने आस गर्न सकिने दिन गएका छन्,’ उनले भने, ‘अब अनुगमन गर्ने र नियमन गर्ने निकाय पनि अब फितलो हुँदै जान्छ ।’ 

यस्तै लक्ष्मी मार्ग–डाँगीहाट–बबियाविर्ता–अमाही रोड १७.१५ किलोमिटर सडकको पनि हालत उस्तै छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका कार्यालयका प्रमुख शालिग्राम देवका अनुसार लक्ष्मी मार्ग अमाही रोड हालसम्म १० किलोमिटर पिच भएको छ । खोर्साने–केराबारी–सिंहदेवी रोड भने सडकमा स्ट्रक्चरको सामान्य काम मात्र गरेको छ । 

एसियाली विकास बैंकको ऋण सहयोगमा यो सडक बनेको हो । यो सडकको एसियाली विकास बैंकले समेत अनुगमन गरिरहेको छ । १२ करोड पेश्की लिएको छ । जसमध्ये ४ करोडको बिल फर्स्यौट भइसकेको र आठ करोडको बाँकी रहेको देवकोटाले जानकारी दिए । 

सडकको काम पेटी ठेक्कामा लिएका उद्योग वाणिज्य संघ कोशी प्रदेशका उपाध्यक्षसमेत रहेका व्यवसायी भीम पौडेलले आफूले गरेको कामसमेत पैसा नपाएकाले समस्यामा रहेको बताएका छन् । ६ करोडभन्दा बढी भुक्तानी नपाएकाले समस्या भएको उनको भनाइ छ ।

‘सडक राम्रो हुँदा आधा घण्टा पनि नलाग्ने ठाउँमा ६ घण्टा घुमेर आउनु पर्छ,’ जेफालेकी सफल उद्यमी बिना खजुम राईले भनिन्, ‘ठेकेदारले काम नगर्दा हैरान भएका छौँ । सबैले दबाब दिनुपर्‍यो ।’ 

null

यस्तै मोरङकै महत्वपूर्ण मानिएको ग्रामीण सडक डाँगीहाट–बबियाविर्ता–अमाही रोडका हालत पनि उस्तै छ । असार लाग्नै लाग्दा मात्रै काम गर्ने गरिएको बेलबारी– ६ का वडा अध्यक्ष टेकबहादुर राईले गुनासो गरे । ‘असारमा बिल पेश गर्नका लागि मात्रै ठेकेदारले काम गरेको छ,’ उनले भने ‘जनतालाई जवाफ दिँदा–दिँदा हामी हैरान भइसक्यौँ ।’ यी दुवै योजना संघीय सरकारले नै हेर्ने गर्छ ।

मोरङको कटहरी गाउँपालिका–५ रिङरोड पश्चिमबाट खोरिया महेशपुर हुँदै कृषि बजारसम्म जाने बाटो सम्पन्न गर्ने समयसम्म २२ प्रतिशत मात्रै भौतिक प्रगति गरेको छ । कटहरिको महेशपुरबाट शुरू भएको सडक कटहरिकै राम चोकमा गएर सम्पन्न हुन्छ ।

१७ किलोमिटर दूरीको यो सडक निर्माणको सम्झौता २०७७ असार १२ गते भएको थियो । २०७९ असार ११ गते सम्पन्न गर्ने गरी सम्झौता भएको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर सुशील श्रेष्ठले बताए । एक वर्षको म्याद थप गरे पनि काम नभएको उनको भनाइ छ । यो वर्षको असार ११ मै सकिने गरी म्याद थपिएको थियो । २०८२ असारसम्म काम नसके ठेक्का स्वतः ठेक्का रद्द हुने पूर्वाधार कार्यालय मोरङले जनाएको छ  । भ्याटसहित ४७ करोड १८ लाख ३ हजार २७२ रुपैयाँमा योजनाको सम्झौता भएको थियो । 

दोभानाघाट–सुनवर्षी जोड्ने सडक पनि अलपत्र छ । १९.२६ किलोमिटरको सडक भौतिक प्रगति ४० किलो मिटर रहेको छ । भ्याटसहित ५६ करोड ११ लाख दुई हजार ७६८ रुपैयाँमा २०७६ असोज १४ गते सम्झौता गरिएको थियो । म्याद थपसहित २०८० फागुन १२ गते सम्पन्न गर्नुपर्ने समयसीमा थियो । म्याद थप गर्दा पनि आधा पनि काम सकिएको छैन । 

सार्वजनिक खरिद नियमावलीमा १३ औं संशोधनले अब उनीहरूको म्याद एक वर्ष थपिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्